+
+

उद्योग परिसरमा बिरुवा रोप्दै शौर्य सिमेन्ट 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १७:४७

काठमाडौं । शौर्य सिमेन्टले आफ्नो उद्योग परिसर भित्र वृक्षारोपण गरेको छ । बिक्रेता, कर्मचारी लगायतको सहभागितामा १३ जेठमा उद्योग परिसरभित्र वृक्षारोपण गरिएको उद्योगले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

उद्योगका अनुसार आँप, लिची, अम्बा , कागती, नरिवल लगायतका बिरुवा रोपिएको हो । बिक्रेता र कर्मचारीको नाम अंकित नेमप्लेट राखेर बिरुवा रोपिएको उद्योगको भनाइ छ ।

शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले उद्योग परिसरको  वातावरणलाई स्वछ राख्नका लागि बिरुवा रोप्ने काम भएको बताए ।

बढ्दो प्रदूषणलाई मध्यनजर राखेर, आफ्नो क्षेत्रलाई  प्रदूषणरहित र हरियाली युक्त बनाउन वृक्ष रोपण कार्यक्रम आयोजना गरिएको उद्योगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?