
२० जेठ, काठमाडौं । प्रहरीको उपत्यका अनुसन्धान कार्यालयले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई भिमसेनगोलाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा-१ घर भई हाल शंखरापुर बस्ने ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् ।
उच्च अदालत पाटनले २०७९ साल वैशाख ४ गते बैंकिङ कसूर मुद्दामा दोषी ठकर गर्दै उनलाई १ दिन कैद र १ करोड रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
उनले पीडितलाई आफ्नो खातामा पर्याप्त रकम नहुँदाहुँदै जानी जानी झुक्यानमा पारेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4