
२१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा सम्मानजनक ढंगले गठबन्धन नभएको बताएका छन् ।
शनिबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
‘यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं । त्यो असन्तुष्टि हामीले पाँचदल भित्र पनि राखेका छौं । हामी आफैं पनि समीक्षा गर्दैछौं’ उनले भने ।
सम्मानित नेता खनालले वामपन्थी दलहरुबीचको एकता तत्कालका लागि आवश्यक भएपनि मुख्य नेताहरुका कारण त्यो सम्भावना कमजोर रहेको तर्क गरे ।
‘बामपन्थीहरुबीच एकता हुनु चाहिँ वस्तुगत आवश्यकता हो । तर वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरु अहिले वामपन्थी एकताको पक्षमा देखिनुहुन्न । यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यकता भएपनि त्यो सम्भावना चाहिँ कमजोर छ’ उनले भने ।
प्रतिक्रिया 4