+

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि १९ खेलाडी छनोट

२०७९ जेठ  २१ गते २०:२६ २०७९ जेठ २१ गते २०:२६
एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि १९ खेलाडी छनोट

२१ जेठ, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा मलेसियामा हुने एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि १९ खेलाडी छनोट भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) पहिलो चरणको बन्द प्रशिक्षणबाट १९ खेलाडी छनोट गरेको जनाएको छ । अब यही सूचीबाट १५ जनाको अन्तिम टोली घोषणा गरिने क्यानले जनाएको छ ।

छनोट भएका खेलाडीहरुमा रुबिना क्षेत्री, इन्दु बर्मा, सीता राना मगर, ज्योती पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कबिता जोशी, डली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अस्मिना कर्माचार्य, मनिषा उपाध्याय, बिन्दु रावल, ममता चौधरी, रेखा रावल र ईश्वरी विष्ट छन् ।

महिला टी-२० च्याम्पियनसिप जुन १७ देखि २५ सम्म मलेसियामा हुने छ ।

च्याम्पियनसिपमा नेपालसहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । एसीसीले यसअघि नै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिसकेको छ ।

नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन समूह बी मा छन् । यस्तै युएई,मलेसिया, ओमान, कतार र सिंगापुर समूह ए मा छन् ।

नेपालले आफ्नो पहिलो खेल भुटानसँग जुन १७ मा युएसडी युकेएम ओभलमा खेल्नेछ । यस्तै कुवेतसँग जुन १८, बहराइनसँग जुन २० र हङकङसँग जुन २१ मा खेल्नेछ ।

दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलको दुवै खेल जुन २४ मा हुनेछ भने फाइनल खेल जुन २५ मा हुनेछ ।

क्रिकेट खेलकुद महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय