+

मैदानमा पानी जमेपछि एपीएफ र फ्रेण्डस् बीचको खेल स्थगित

२०७९ जेठ  २१ गते २०:२८ २०७९ जेठ २१ गते २०:२८
मैदानमा पानी जमेपछि एपीएफ र फ्रेण्डस् बीचको खेल स्थगित

२१ जेठ, हेटौंडा । शनिबार दिउँसो परेको अविरल बर्षाका कारण हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ अन्तर्गतको एक खेल स्थगित भएको छ ।

मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंंगशालामा जारी रहेको प्रतियोगिता अन्तर्गत शनिबार दिउँसोका लागि तोकिएको एपीएफ र फ्रेण्डस क्लबबीचको खेल भारी बर्षाका कारण मैदानमा पानी जमेपछि स्थगित गरिएको संयोजक प्रताप विष्टले बताए ।

यो खेल आइतबार बिहान साढे ८ बजे हुने विष्टले बताए । साथै आइतबार अपरान्ह नेपाल पुलिस र खुमलटार क्लबबीच खेल हुनेछ । १२ वटा क्लबको सहभागिता रहेको प्रतियोगितामा बिजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने प्रतियोगिता संयोजक विष्टले जानकारी दिए । प्रतियोगिता हेर्नको लागि पहिलो चरणको खेलमा एक सय रुपैयाँ, सेमिफाइनलमा दुई सय रुपैयाँ र फाइनल खेलमा २५० रुपैयाँ टिकट मूल्य तोकिएको छ।

फुटबल वर्षा शहीद स्मृति गोल्ड कप हेटौंडा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय