
२२ जेठ,चरीकोट । दोलखाको चरीकोट जिरी सडकखण्डअन्तर्गत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चाललको मृत्यु भएको छ ।
भीमेश्वर नगरपालिका वडा नं ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई गाडीले ठक्कर दिंदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१०२४ च ५९१९ नं को योद्धा गाडी र जिलुबाट चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नं को मोटरसाइकलसँग ठोक्किएका थिए । गाडीको ठक्करबाट घाइते श्रेष्ठलाई चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा पुर्याइएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए । मृतकको शव सोही अस्पतालमै राखिएको छ ।
प्रतिक्रिया 4