+
+

विश्व वातावरण दिवसको अवसरमा सांग्रिला बैंकको साइकल र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १२:४३

२२ जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा राजधानीमा साइकल र्‍याली आयोजना गरेको छ । इन्धन खपत नगर्न र वातावरण जोगाऔं भन्ने नारासहित बैंकले राजधानीका आफ्नो सबै शाखाहरुको सहभागितामा आइतबार उक्त कार्यक्रम आयोजना गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

पेट्रोलियमको बढ्दो खपत कम गर्न र मानव जीवनको हित गर्ने वातावरण बनाउन अब साइकल प्रयोग अनिवार्य भइसकेको श्रेष्ठले बताए । वातावरण जोगाउने कामहरुका लागि आफूहरुको व्यवहार पनि सच्याउने र अरुलाई पनि चेतना अभिवृद्धि गर्ने नाराकासाथ बैंकले सानो प्रयास मात्रै गरेको उनले बताए । इन्धन खपत घटाउन, वातावरण जोगाउन अब साइकल प्रयोग अनिवार्य भइसक्यो,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘बैंकले सानो प्रयास आजको दिनमा गरेको छ । अब यसलाई हामी निरन्तरता दिन्छौं ।’

सम्भव भएसम्म वातावरण जोगाउने र इन्धन खपत कम गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने उनको भनाइ छ ।

बैंकका कम्पनी सचिव सुजनबाबु रेग्मीले जनतालाई इन्धन जोगाउन उत्प्रेरित गर्न बैंकले यस्तो कार्यक्रम आयोजना गरेको बताए । ‘हाम्रो यो सानो प्रयास हो, हामी वातवरण जोगाउन र कार्बन उत्र्सजन बढाउने इन्धन घटाउन चेतना अभिबृद्धि गर्न चाहँन्छौं’ रेग्मीले भने ।

चेतना मुलुक साइकल र्‍यालीमा राजधानीको २० वटा शाखाका १५० भन्दा बढी कर्मचारीहरु सहभागी भएको बैंकका मानव स्रोत साधनका शाखाका लेखनाथ पौडेलले बताए । इन्धन खपत कम गर्ने र वातावरण जोगाउने विभिन्न जनचेतना मुलुक प्लेकार्डसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भएको साइकल र्‍यालीले सहरका विभिन्न ठाउँको परिक्रमा गरेर पुनः केन्द्रीय कार्यालय नै पुगेर सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?