+
+

सिप्रदीका निर्देशक दाहालले पूरा गरे ९ घण्टा २९ मिनेटमा तेन्जिङ हिलारी एभरेष्ट म्याराथन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १४:२५

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिका निर्देशक शम्भुप्रसाद दाहालले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेका छन् । ६१ वर्षीय निर्देशक दाहालले विश्वको सबैभन्दा अग्लो ट्रेल दौड म्याराथन ’तेन्जिङ हिलारी एभरेष्ट म्याराथन’ ९ घण्टा २९ मिनेट १४ सेकेन्डमा पूरा गरेका हुन् ।

उक्त म्याराथन ५,३६४ मिटर उचाइमा रहेको एभरेष्ट बेस क्याम्पबाट सुरू भएको थियो । त्यहाँबाट घरेपानी, लोबुचे पास, ढुङ्ला पास, डिंबोचे, फिरेची पास, ताकबोचे हुँदै ३,४४० मिटर उचाइमा भएको नाम्चे बजारसम्मको दुरी छ । एभरेष्ट बेस क्याम्पदेखि नाम्चे बजारसम्मको कुल दुरी भने ४२.१९५ किलोमिटर रहेको छ ।

हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइन्छ । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

सन् २०२२ को सोही दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवसको ६९औं वार्षिकोत्सव अवसरमा निर्देशक दाहालले पनि तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेका हुन् ।

विगत तीन महिनामा निर्देशक दाहालले तेन्जिङ हिलारी एभरेष्ट म्याराथनसहित तीन वटा म्याराथन सफलतापूर्वक पूरा गरिसकेका छन् ।

तेन्जिङ हिलारी एभरेष्ट म्याराथन उनको तेस्रो म्याराथन हो । यसभन्दा अघि निर्देशक दाहालले सन् २०२२ फेब्रुअरीमा भएको ४२.९ किलोमिटरको दुरीको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र ४९ किलोमिटरको दुरी रहेको तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथनमा पूरा गरेका थिए ।

निर्देशक दाहालले आफूलाई म्याराथनमा सहभागी हुन पाउँदा शारीरिक तथा मानसिक हिसाबले स्वस्थ भएको प्रतिक्रिया दिन्छन् ।

६९ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा भाग लिन सिप्रदी ट्रेडिङका निर्देशक दाहालसँगै २४ विभिन्न राष्ट्रका १४७ जना सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?