+
+

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १४:३७

काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजिटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ सम्पन्न भएको छ । ब्रान्ड वर्थ प्रालिले आयोजना गरेको एक दिने कन्क्लेभ शुक्रबार काठमाडौंमा सम्पन्न भएको हो ।

कन्क्लेभलाई नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका थिए । उनले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने बताएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजिटाइजेशनको विकास उत्साहजनक देखिएको बताएका थिए । विशेषगरी कोरोना महामारीपछि नेपालले डिजिटल पेमेन्टमा फड्को मारेको बताएका थिए ।

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागि ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोषले कि–नोट स्पीच प्रस्तुत गरेका थिए । उनले नेपालले पछिल्ला दिनमा डिजिटल भुक्तानीमा ठूलो फड्को मारेको बताएका थिए ।

कन्क्लेभमा ४ वटा शत्र छुट्याएर विभिन्न क्षेत्रका बारेमा छलफल गरिएको थियो । पहिलो शत्रमा ‘बदलियो समय, बदलियो अर्थतन्त्र‘’ बारे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना, सूचना सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री र अर्थमन्त्रालयका सहसचिव महेश आचार्यले आआफ्नो धारणा राखेका थिए । दोस्रो शत्रमा ‘सधैंका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’ विषयमा छलफल भएको थियो भने तेस्रो शत्रमा ‘नेपाल : सानो बजार कि असीमित सम्भावना ? विषयमा छलफल भएको थियो । चौथो शत्रमा भने ‘हामीसँग नेपाली युनिकर्न पहिचान कहिले हुनेछ ?’ भन्ने विषयमा छलफल भएको थियो ।

कन्क्लेभमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले डिजिटल नेपालले नेपालीको भविष्य पनि राम्रो बनाउने र अर्थतन्त्रमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?