
२२ जेठ, गुल्मी । गुल्मीमा छत्रकोटमा चितुवा मृत अवस्थामा फेला परेको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका वडानम्वर–३ लूम्छामा खरबारीमा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए ।
चितुवा के कारणले मरेको भन्ने खुलेको छैन । इलाका वन कार्यालय रिडीको टोली सो स्थानमा पुगि अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बताए ।
मृत अवस्थामा फेला परेको चितुवालाई कसैले मारेको वा आफैं मरेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4