
२२ जेठ, काठमाडौं । बाँकेमा रहेको अम्बे स्टिल्सले आइतबारदेखि थप १७. ५ मेगावट बिजुली लोड थप गरेको छ । उद्योगले माग गरेको ३५ मेगावट थप बिजुली मध्ये आइतबारदेखि १७.७ मेगावट जोडिएको र बाँकी बिजुली केही दिनमै उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरणको कोहोलपुर वितरण केन्द्रले जनाएको छ । उद्योगले यसअघि ८ मेगावट बिजुली खपत गर्दै आएको थियो ।
आइतबारको लोड थपपछि अम्बेले खपत गर्ने बिजुली २५.८ मेगावट पुगेको कोहोलपुर वितरण केन्द्रका प्रमुख सुरज केसीले बताए । उद्योगले माग गरेको ३५ मेगावट लोड गत साता प्राधिकरणले स्वीकृत गरेको थियो ।
माग र स्वीकृत बमोजिम सबै बिजुली जडान भएपछि विद्युत् खपतमा अम्बे स्टिल्स दोस्रो ठूलो उद्योग हुने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । ‘अहिले अम्बेको दैनिक खपत २५.५ पुगेको छ । स्वीकृतअनुसार सबै लोड पाए उसको खपत ४३.५ मेगावाट पुग्ने छ,’ प्रवक्ता भट्टराईले भने, ‘यो भनेको जगदम्बा पछिको ठूलो विद्युत् खपत हो ।’
प्रतिक्रिया 4