
काठमाडौं । अनुप बराल निर्देशित फिल्म ‘दोख’को टिजर ट्रेलर आइतबार युट्युबमार्फत सार्वजनिक भएको छ । सशस्त्र द्वन्द्वको परिवेशमा आधारित फिल्मलाई राजन कठेतले लेखेका हुन् ।
द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँको किचलोको कथा फिल्ममा प्रस्तुत छ । फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ, कमल देवकोटा लगायतको अभिनय छ ।
शैलेन्द्र कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मको निर्माता सविन ज्ञवाली र मनोज अधिकारी हुन् भने कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4