
२२ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा वडा नं ४ डाछीमा किसानहरु हिजोआज धान रोप्न व्यस्त छन् । जेठ–असार महिना धान रोप्ने समय हो । देशका धेरै क्षेत्रमा असार लागेपछि मात्र रोपाईं हुन्छ ।
तर काठमाडौं उपत्यकामा भने १५ जेठपछि नै रोपाईं सुरु हुन्छ । केही दिनदेखि लगातार पानी परेका कारण किसानलाई धान रोप्न सजिलो भएको छ । यस वर्ष आइतबारदेखि नै मनसुन नेपाल प्रवेश गरेको छ ।
काठमाडौं उपत्यकाको भित्री शहरमा सबैजसो जमिन घरले ढाकेका कारण खेती गर्ने ठाउँ नभए पनि काँठ क्षेत्रमा भने केही क्षेत्रमा भने किसानले धानखेती गर्ने गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4