
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले पोखरा अन्नपूर्ण केवलकारको सेवामा विशेष छुट पाउने भएका छन् । बैंक र केबलकार कम्पनीबीच उक्त सेवासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले केबलकारको सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् ।
पोखराकोे सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केबलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ । केबलकारको टप स्टेशन सराङकोटमा स्विइङ, स्काइ साइक्लिङ, टावर रेष्टुरेन्ट लगायतका अन्य विभिन्न सेवाहरु उपलब्ध छन् ।
सम्झौता कार्यक्रममा बैंकका तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख शंकर केसी, अन्नपूर्ण केबलकारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल लगायतको उपस्थिति रहेको थियो ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया 4