
२३ जेठ, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १ हजार २९० रुपैयाँ तोकिएको छ ।
आइतबार छापावालको सुनको मूल्य ९७ हजार ९ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने १ हजार २७५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4