+
+

सेल्सबेरीद्वारा ५ जना विजेता घोषणा, हेलिकप्टर चढेर गोसाइकुण्ड जाने अवसर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १३:२४

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्टल स्टोरमा सपिङ गर्ने ५ जना भाग्यमानी ग्राहकले हेलिकप्टरमार्फत गोसाइकुण्ड दर्शन गर्ने अवसर प्राप्त गरेका छन् । सेल्सबेरीले आमाको मुख हेर्ने दिन (माता तीर्थ औंशी)को अवसरमा आमालाई गोसाइकुण्ड दर्शन गराउने लक्ष्यसहित यो अफर ल्याएको थियो ।

अफरको विजेता हुनेमा जिना घिमिरे, स्वर्णम जोशी, शैलेस सुवेदी, स्मिता पाण्डे र दिल सिंजापती रहेका छन् । जिना घिमिरेले बत्तीस पुतली ब्रान्चबाट, स्वर्णम जोशीले लोकन्थली शोरुमबाट, शैलेस सुवेदीले मुलपानी स्टोरबाट, स्मिता पाण्डेले मध्येबानेश्वर स्टोर्सबाट र दिल सिंजापतीले बसुन्धरा स्टोरबाट सपिङ गरेका थिए ।

सेल्सबेरीको केन्द्रीय कार्यालय सातदोबाटोबाट एक साताभित्रमा उपहार टिकट लिन बिजेताहरुलाई सेल्सबेरीले आग्रह समेत गरेको छ । सेल्सबेरीमा सपिङ गरी ‘फोन पे’बाट भुक्तानी गर्ने ग्राहक मध्येबाट ५ जनाले लक्की ड्रका आधारमा यो अवसर प्राप्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?