२३ जेठ, काठमाडौं । दक्षिण कोरियाको सियोलमा हुने फेन्सिङ एसियन च्याम्पियनसिपमा नेपालबाट पायस योन्जनले प्रतिनिधित्व गर्ने भएका छन् ।
नेपाल फेन्सिङ संघले सोमबार सेबर इभेन्टमा प्रतिस्पर्धा गर्ने पायसलाई विदाई गरेको हो । नेपाल ओलम्पिक कमिटीका सीईओ चतुरानन्द राजवैद्य, फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठलगायतले पायसलाई विदाई गरे ।
प्रतियोगिता जेठ २७ देखि असार १ गतेसम्म आयोजना हुँदैछ ।
वागमती प्रदेश टिमका पायसले दुई महिनाअघि वीर गणेशमान सिंह स्मृति राष्ट्रिय फेन्सिङ प्रतियोगितामा सेवर इभेन्टको एकल र टिमतर्फ रजत पदक जितेका थिए ।
प्रतिक्रिया 4