+
+

मिस नेपाल-२०२२ का प्रतियोगीहरु गरे बनेपामा रहेकाे डाबर नेपाल नर्सरीको भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १८:३९

काठमाडौं । डाबर वाटिका मिस नेपाल-२०२२ का अन्तिम २४ प्रतियोगीहरुले बनेपास्थित डाबर नेपाल नर्सरीको भ्रमण गरेका छन् । भ्रमणका क्रममा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरु बुझ्नुका साथै यस समस्यालाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे जानकारी लिएका थिए । उनीहरुले नर्सरीमा रहेको विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा प्रतियोगीहरुले डाबर नर्सरीको परिसरमा वृक्षारोपण समेत गरेका थिए ।

डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि युवाहरुलाई परिचय गराउन पाएकोमा खुसी लागेको बताए । उनले भने, ‘डाबरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भैसकेको छ । यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्यको हेरचाह र आर्युवेदिक उत्पादनहरुको विस्तृत श्रृंखलाको उत्पादन र बजारीकरण गरेको छ । आजका युवाहरु भोलिका कर्णधार हुन् । हामीलाई विश्वास छ कि प्रतियोगीहरुलाई यस प्रकारको एक्सपोजरबाट उनीहरुले वातावरण र समाजमा सकारात्मक रुपमा योगदान गर्न सक्षम हुने छन् ।’

डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको संरक्षणमा कम्पनीको योगदानबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।

डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्व स्तरीय हरितगृह रहेको छ । जसले नेपालको ३० वटा जिल्लामा संकटग्रस्त प्रजातिको प्रवर्द्धन र खेती गर्दछ । ६० वटा सहकारी मार्फत जडीबुटी खेती गरी किसानहरुको जिविकोपार्जनलाई वैकल्पिक श्रोतको रुपान्तरण दिएको छ ।

द हिडन त्रेजरका अध्यक्ष दिवाकर राजकर्णीकारले प्रतियोगीहरुलाई यो अवसर प्रदान गरेकोमा डाबर नेपाललाई धन्यवाद दिएका थिए । उनले भने, “प्रतियोगीहरुले डाबर नेपालले समाजमा पुर्‍याइरहेको संरक्षण र योगदानका बारेमा जात्र यो ठूलो अवसर पाएका छन् ।“

डाबर वाटिका मिस नेपाल-२०२२ को ग्राण्ड फिनाले जुन १८, २०२२ मा गोदावरीस्थित सनराइज अडिटोरियममा आयोजना हुँदैछ । कम्पनीका अनुसार प्रतियोगिताको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभी एचडीले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?