+
+

वातावरण दिवसको अवसरमा वृक्षरोपण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १८:२९

२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले वृक्षरोपण गरेको छ ।

समितिले काठमाडौं, गौशालाको भण्डारखाल क्षेत्र भित्र र शिवपुरीबाबा समाधिस्थल वरपर वृक्षारोपण गरेको हो ।

नेपाल मानव धर्म सेवा समिति बागमती प्रदेश प्रमुख लता बाइजी, पशुपती क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा तथा काठमाडौं महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान संगतले संयुक्त रुपमा वृक्षरोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

त्यसक्रममा झण्डै डेढ सय विरुवा रोपिएको छ । पृथ्वी सबैको साझा हो, यसलाई सबै मिलेर जोगानुपर्छ भन्ने भावनाका साथ वृक्षारोपण गरिएको समितिले जनाएको छ ।

नेपाल मानव धर्म सेवा समितिले आध्यात्मिक चेतना जगाउने कार्यक्रमका साथै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?