
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले चितवनको भरतपुरमा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ ।
भरतपुर महानगरपालिका-१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् ।
बैंकले चितवनकै सौराहामा तीन दिने प्रबन्धकहरुको भेला आयोजना गरेको छ । वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ आयोजित भेलामा ५०० जनाको सहभागिता रहेको थियो ।
बैंकले डिजिटल बैंकिङसम्बन्धी सचेतनामुलक र्यालीको पनि आयोजना गरेको छ । उक्त सचेतना र्याली नारायणी नदी किनारबाट सुरु भएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, शहीदचोक, लायन्सचोक हुँदै भरतपुर हाइटस्थित भवन शिलान्यास स्थलमा पुगी सभामा परिणत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4