
२३ जेठ, जनकपुरधाम । सप्तरी प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना भारतीय छन् ।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका २ बस्ने १९ वर्षीय दिपेश कुमार यादव, भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको उत्तरी ग्राम पञ्चायत ५ बस्ने २६ बर्षीय प्रकाश यादव, बिहारकै लौकही ग्राम पञ्चायत २ बीने तुलसी कुमार दास छन् ।
उनीहरुको साथबाट नाइट्राभेट ट्याब्लेट ५ सय १० थान, डाइजेल्याब इन्जेक्शन एक सय एम्पुल, फेनारगन इन्जेक्शन १ सय एम्पुल, बुप्रेफाइन इन्जेक्शन सय एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
बीआर ३२ एएल ४३५८ नम्बरको भारतीय मोटरसाइकलमा सवार भई भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिर नजिकैबाट पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4