
२३ जेठ, भक्तपुर । भक्तपुरको लोकन्थलीमा दूधको ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बाग्मती प्रदेश ०१-००४ क ०५८० नम्बरको ट्यांकरले प्रदेश ०२-०२५ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिँदा चालक जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४५ का नकुल थापाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।
थापाको नागरिक अस्पताल ठिमीमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा ट्याङकर र चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी बस्ने वर्ष ३५ को राजन ब्यान्जुलाई प्रहरीले पक्रेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4