
२४ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना नेता-कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै छन् । त्यसका लागि उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
ज्ञापन पत्र बुझाउन लोसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायत बालुवाटार पुगेका छन् ।
नेता-कार्यकर्ताको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका माग राख्दै ज्ञापन पत्र बुझाउन लागिएको लोसपाका एक नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4