
२४ जेठ, मुगु । जिल्लाको खत्याड गाउपालिका–४ पैखुगाउँमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् ।
मंगलबार बिहान भएको आगलागीबाट खत्याड गाउँपालिका–४ पैखुगाउँका चुत्तबहादुर थापा र सारदा थापाको घर पूर्ण रुपले नष्ट भएको गाउँलेले बताएका छन् ।
आगलागीको कारण क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
आगलागीको जानकारी पाउनासाथ प्रहरी चौकी माझचौरबाट सुरक्षाकर्मीको टोली घटनास्थल पठाएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4