
फाइल तस्वीर
काठमाडौं । ‘कबड्डी ४’ले अहिले स्वदेश र विदेशमा आक्रामक कमाइ गरिरहेको छ । यस्तोमा दयाहाङ राई स्टारर फिल्मको तुलना अर्को ब्लकबस्टर फिल्म ‘छक्कापञ्जा’सँग भइरहेको छ ।
‘छक्कापञ्जा’को नयाँ सिक्वेल निर्माणको चर्चाबीच निर्माता एवं अभिनेता दीपकराज गिरीले अघिल्ला सिक्वेलको कमाइ सार्वजनिक गरेका छन् । उनका अनुसार ‘छक्कापञ्जा १’को कमाइ १६ करोड रहेको छ । तर छक्कापञ्जाको तेस्रो सिक्वेलको कमाइ २० करोड रुपैयाँ रहेको उनले बताए ।
‘सबैले कबड्डी ४ ले छक्कापञ्जा ३ को रेकर्ड उछिनेको बताएका छन् । तर त्यसो होइन, छक्कापञ्जा १ को रेकर्ड मात्र तोडिएको हो । ३ को कमाइ त २० करोड हो,’ उनले भने ।
बक्स अफिसको अंकगणितलाई लिएर दीपकले यस्तो बताएका हुन् । कबड्डी ४ का वितरकले ११ दिनमा फिल्मले १७ करोड ६५ लाख ग्रस कमाइ गरेको बताइरहँदा छक्कापञ्जा निर्माता गिरीको यस्तो भनाइ आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4