
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले समता शैक्षिक गुठीलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
हिमालयन डिष्टिलरी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले गुठीका संस्थापक उत्तमकुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई २५ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आव २०७७/७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकममध्येबाट उक्त रकम गुठीलाई सहयोग गरेको संस्थाले जनाएको छ ।
समता शैक्षिक गुठीले देशभर ८४ वटा विद्यालयहरु सञ्चालन गरेको छ । जसमाकक्षा १ देखि स्नातकोत्तर सम्मका शैक्षिक कार्यक्रमहरु सञ्चालित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4