
२४ जेठ, काठमाडौं । बर्दियामा नरभक्षी बाघबाट सुरक्षा दिन माग गर्दै प्रदर्शनमा उत्रिएका नागरिकमाथि गोली चलाएको भन्दै राष्ट्रिय सभा बैठकमा सरकार र प्रहरीको आलोचना भएको छ ।
बैठकमा राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका नागरिकलाई गोली चलाउनु उचित नभएको बताए ।
‘बर्दियामा नरभक्षी बाघबाट सुरक्षा दिन माग गर्दै प्रदर्शनमा उत्रिएका नागरिकलाई सरकारले त्यसको गहिराई नबुझी गोली हानेको छ,’ उनले भने, ‘राकेश चौधरी घाईते र कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी नविना थारु जो प्रदर्शनमै सहभागी थिइनन्, तिनलाई गोली हानेर मारिएको छ, यसको म घोर भत्र्सना गर्न चाहन्छु । सरकारको निन्दा गर्न चाहन्छु ।’
उनले घटनाको बारेमा सदनलाई सत्यतथ्य जानकारी गराउन पनि माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4