
२४ जेठ, काठमाडौं । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा संगठन विभाग प्रमुखमा मनोनित भएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार महामन्त्री राणालाई संगठन विभाग प्रमुख र अर्का महामन्त्री भुवनकुमार पाठकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा मनोनित गरेका हुन् ।
त्यस्तै उपाध्यक्ष बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुख, अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख र डा. रामप्रसाद उप्रेती स्वास्थ्य विभाग प्रमुख मनोनित भएका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4