
२४ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमा चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब घोटाला हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।
‘अहिले हाम्रो देशमा जुन यो गाडीमा नम्बर प्लेट राख्ने कुरा छ । के नेपाल सरकारले जति बेला ठेक्का लगायो त्यो ठेक्का लगाउँदा त्यो ठेकेदार विश्वबैंकले कालोसूचीमा राखेको कम्पनी छ । त्यो बेला र अहिलेको त्यो रकम हेरौं झन्डै त्यसमा तीन, चार अर्ब रुपैयाँको त घोटाला हुने जस्तो देखिन्छ’ उनले भने ।
संविधान अनुरुप सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भएपनि सो मर्म बमोजिम नभई इम्बोस्ड नम्बर अंग्रेजी भाषामा गरिएको प्रति उनले असन्तुष्टि व्यक्त गरे ।
‘हाम्रो संविधानको धारा ७ बमोजिम देवनागरी लिपीमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने भन्या त्यो त सरकारले निर्णय गर्दा नेपाली भाषाको प्रयोग गर्नुपर्ने होइन र ?’ उनले प्रश्न गरे ।
नेता रावलले विदेशी कम्पनीलाई बायोमेट्रिक गर्न दिन नहुने पनि बताए ।
प्रतिक्रिया 4