
काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित श्रीकालीचौरमा फिल्म ‘झिंगेदाउ’को गीत छायांकन भइरहेको छ । ‘ए माया तिमीबिना जीवन चल्दैन’ बोलको गीतसँगै फिल्म छायांकन पनि सकिनेछ ।
रामजी लामिछानेले नृत्य निर्देशन गरिरहेको गीतमा फिल्मका मुख्य कलाकार मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्ट फिचर्ड छन् ।
निर्देशक ज्ञानेन्द्र देउजाले यससँगै फिल्मको सम्पूर्ण छायांकन सकिने र अब रिलिजको तयारीमा जुट्ने बताए । भीमनिधि तिवारीको छोटो कथामा आधारित यो फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् ।
नेपाली समाजमा खेलिने जुवा र यसको सामाजिक प्रभावलाई चित्रण गरिएको फिल्म भदौ ३१ गते प्रदर्शन हुँदैछ ।
तस्वीर सौजन्य : नेपाल न्युज बैंक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4