+
+

काठमाडौंको मौसम बिग्रिएपछि दिल्लीबाट आएका दुई जहाज फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १७:२९
फाइल तस्वीर

२५ जेठ, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलको मौसम बिग्रिएपछि भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई जहाज फिर्ता भएका छन् ।

नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज लखनउ विमानस्थलमा फर्किएको भिस्ताराले सामाजिक सञ्जालबाट अपडेट गरेको छ । दिल्लीबाटै आएको इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै फर्किएको छ ।

जापानको टोकियोबाट आएको नेपाल एयरलाइन्सको जहाज र कोरियाबाट आएको कोरियन एयरको जहाज भने केहीबेर होल्ड भएपछि अहिले अवतरणको प्रक्रियामा छन् ।

बुधबार साँझ अकस्मात मुसलधारे वर्षा भएपछि काठमाडौंको मौसम बिग्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?