
२४ जेठ, भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नगरको शिक्षामा अझै सुधार गरेर पढाइका लागि विदेश धाउने शृंखला अन्त्य गर्नका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले प्ले ग्रुपदेखि कम्तीमा स्नातकोत्तरसम्मको पढाइको व्यवस्था स्थानीय तहमा नै हुनुपर्ने आजको आवश्यकतालाई आफूले राम्ररी बुझेको र त्यसै अनुसार काम गरिरहेको बताए ।
भक्तपुरको गोल्डेन गेट इंग्लिस सेकेण्डरी स्कुलको ३६औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा भएको कार्यक्रममा उनले भक्तपुर नगरपालिकालाई शैक्षिक क्षेत्रमा विश्वस्तरमै पुर्याउनका लागि आफू लागिपरेको बताए ।
दोश्रो कार्यकालका लागि मेयरमा दोहोरिएका प्रजापतिले पहिलो कार्यकालमा नगरको शिक्षा तथा सरसफाइको क्षेत्रमा सुधारका काम गरेका थिए ।
कार्यक्रममा स्कुलका प्रधानाध्यापक सिंह लामाले आफूहरुले सिकेका कुरा जीवनमा उतार्न सक्ने र विद्यार्थीलाई जीवनका हरेक पक्षबाट सिक्ने वातावरण बनाइरहेको दाबी गरे । उनले न्युन शुल्कमा व्यावहारिक तथा प्रयोगात्मक पद्धतिबाट अध्यापन गराउँदै आएको पनि बताए ।
प्रतिक्रिया 4