+
+

द ब्रिटिस मोडल कलेजका विद्यार्थी र पर्वतारोही एड्रियानाबीच अन्तरक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १८:०५

काठमाडौं । ब्रिटिस पर्वतारोही एड्रियाना ब्राउनली र द ब्रिटिस कलेजको भगिनी संस्था द ब्रिटिस मोडल कलेजका ए लेभल विद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा ब्राउनलीले आफ्नो अनुभवबारे सेयर गरेकी थिइन् । ब्राउनली २१ वर्षकी आरोही हुन् । विश्वका १४ अग्ला हिमालहरु आरोहण गरी सबैभन्दा कान्छी आरोही बन्ने अभियानमा आफू रहेको उनले सुनाइन् । उनले भनिन्, ‘म आठ वर्षको हुँदा पहिलो पटक मेरो बुबाले नै पदयात्रा सुरु गर्न प्रोत्साहन गर्नु भएको थियो । सोही प्रेरणका कारण दस वर्ष पुग्नुअघि नै मैले समुदायमा कीर्तिमान तोड्न सफल भएँ ।’

अन्य पर्वतारोहीको मिसन जस्तै आफ्नो पनि एभरेष्ट चढ्ने सुचीमा रहेको उनले बताइन् । नेपाली पर्वतारोही निम्ससँगै उनले आरोहण गरेकी थिइन्।

‘विश्वभर आरोहण बाहेक, मेरो कथाबाट प्रेरित हुन सक्ने मानिसहरूलाई भेट्न र उनीहरु माझ आफूलाई उभ्याउन मलाई मनपर्छ ’ उनले भनिन् ।

ए लेभल अध्ययन गर्दाको दिनलाई सम्झिंदै उनले भनिन्, ‘आज ब्रिटिस मोडल कलेजमा हुँदा म निकै खुसी महसुस गरेकी छु । ए लेभलमा हुँदाका दिनहरु मैले सम्झिएकी छु । सो समयमा म मेरो पर्वतारोहण परियोजना सुरु गर्ने क्रममा थिएँ। मलाई आशा छ कि आज सबै विद्यार्थीहरुले आफ्नो भविष्यबारे एक प्रतिशत पनि उत्साहा प्राप्त गरे ।’

उनले आफ्नो १४ पिक्स जर्नीको भाग बन्न सक्ने भन्दै विद्यार्थीहरुलाई धन्यवाद समेत दिइन् । उनको अनुभवबाट विद्यार्थीहरुले धेरै प्रेरणा पाएको कलेजले जनाएको छ ।

कार्यक्रममा द ब्रिटिस कलेजका डाइरेक्टर महेन्द्र कँडेलको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?