
२५ जेठ, काठमाडौं । काठमाडौँमा परेको वर्षाका कारण टुकुचा खोलामा आएको बाढीले एकजनाको मोटरसाइकल बगाएको छ।
काठमाडौँ महानगरपालिका वडा-२ लाजिम्पाटस्थित निलसरस्वतीस्थान नजिक टुकुचा खोलामा आएको बाढीले मोटरसाइकलसहित एक व्यक्तिलाई बगाएको महानगरीय प्रहरी परिसरले जनाएको छ।
काठमाडौँ महानगरपालिका धापासी घर भएका २१ वर्षीय सुरज अर्यालसहित बागमती प्रदेश-०२-०१३ प २५८८ नम्बरको मोटरसाइकल बाढीले बगाएको हो।
चालक अर्याललाई तत्काल सकुशल उद्धार गरिएको छ भने बगाएको मोटरसाइकल खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4