
२६ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक जना महिला घाइते भएकी छन् । आज बिहान ८ः१० बजे भएको दुर्घटनामा गोर्खा घर भई चेकपोष्ट गुम्बा पाल्टेन प्लटिङ बस्ने ३३ वर्षीया महिला घाइते भएको प्रहरीले जनाएको छ ।
कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख १५८५ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश १–००८ प ९७५२ नम्बरको पठाओ मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनालगत्तै प्रहरी वृत्त कालिमाटी, थानकोट र बलम्बुको टोली परिचालित भई घाइते महिलालाई कलंकीस्थित नेपाल नेशनल अस्पतालमा पुर्याएका थिए । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई मेडिसिटी अस्पतालमा रिफर गरिएको छ ।
मोटरसाइकल चालक र ट्रक चालक दुवैलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4