
काठमाडौं । फिल्म ‘प्रसाद २’को निर्देशकमा सुदर्शन थापा अनुबन्धित भएका छन् । असार १५ गतेदेखि छायांकन सुरु हुने फिल्मको मुख्य भूमिकामा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत नै रहनेछन् ।
पटकथा लेखक सुशील पौडेलले निर्देशकमा थापालाई अनुबन्धित गरिएको जानकारी दिए । सुवास थापाले निर्माण गर्ने फिल्ममा केही नयाँ कलाकार समेत भित्रिने जनाइएको छ । यसअघि यो फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने चर्चा थियो । अहिले आफू उक्त प्रोजेक्टमा आबद्ध नरहेको चौधरीले जनाएका छन् । छायांकनअघि फिल्मको कार्यशाला सुरु हुने भएको छ ।
बागलुङको रिघा गाउँमा छायांकन हुने फिल्मले अन्तरजातीय प्रेम र जातीय विभेद तथा छुवाछूतको कथा पेश गर्छ । ‘प्रसाद’को पहिलो श्रृंखला सकिएकै ठाउँबाट नयाँ कथा सुरु हुने लेखक पौडेलले जानकारी दिए ।
समीक्षकबीच बहस छेडेको ‘प्रसाद’ले यसपटक पनि पात्रबीचको अन्तरसंघर्षलाई निरन्तरता दिने जनाइएको छ ।
प्रतिक्रिया 4