
काठमाडौं । असार १० गतेदेखि रिलिजको तयारीमा रहेको फिल्म ‘घनचक्कर’को नेवारी भाषामा बनेको गीत सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकारबीचको प्रेम र पैसाको चक्करमा हिंड्ने उनीहरुको स्वभाव चित्रण छ । बिजेन श्रेष्ठको संगीत रहेको गीतमा भुपेन्द्र बज्राचार्यको शब्द तथा स्वर छ ।
कमेडी फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कश्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी लगायतको अभिनय छ ।
सुसन प्रजापतिले खिचेको फिल्ममा अर्जुन सिंहको कथा, काजी लिम्बूको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत र मित्र गुरुङको सम्पादन छ । फिल्मलाई सुनिल मानन्धरको श्रीराम बालाजीले वितरण गर्दैछ ।
प्रतिक्रिया 4