
२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगले सुपारी, मरिच, केराउ र छोकडा आयात गर्दा पनि शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको छ ।
बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत परिपत्र जारी गर्दै केन्द्रीय बैंकले यस्ता वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको हो ।
अब उद्योगले कच्चा पदार्थको रुपमा सुपारी, मरिच, केराउ र छोकडाको आयात गर्दा नगद मार्जिन राख्नु पर्नेछ । यस अघि व्यापारिक प्रयोजनमा यी वस्तुको आयात गर्दा मात्रै नगद मार्जिनको व्यवस्था थियो ।
(यसअघि नगद मार्जिनको व्यवस्था हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ–सं.)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4