
काठमाडौं । कुमारी बैंक लिमिटेड र काभ्रेको बनेपास्थित सुप्रिम डेन्टल केयरबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।
सुप्रिम डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५ प्रतिशत, ओर्थोदोंतीक्समा १० प्रतिशत, पेदोदोंतिक्समा १५ प्रतिशत, प्रोसथोदोंतिक्समा १५ प्रतिशत, एण्डोदोंतिक्समा १५ प्रतिशत र डेन्टल इम्प्लान्ट्समा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
यस सुविधाबाट स्थानीयका सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4