+
+

मन्त्रीको कार्यकक्षमा जसपा सांसदको टेबल ठोकाठोक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १८:००

२६ जेठ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवबीच चर्काचर्की भएको छ ।

यादव, जसपाका निलम्बित सांसद हरिनारायण रौनियारसहित पार्टीबाट मन्त्री बनेका श्रेष्ठलाई भेट्न मन्त्रालय पुगेका थिए ।

कुराकानीका क्रममा सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरू बजेटमा नपरेको भन्दै टेबल ठोक्नुका साथै पानीको बोतल बजारेका छन् । सांसद यादव भन्छन्, ‘मेरो कुरा नसुनी उहाँ मात्र बोलेपछि मैले आफ्नो अगाडि भएको टेबल ठोकठाक गरेको हुँ । पानीको बोतल बजारेको हुँ ।’

तर आफू मन्त्रीको टेबलमा समेत नगएको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?