
२६ जेठ, काठमाडौं । वडाध्यक्षहरु नै अनुपस्थित भएपछि धरान उपमहानगरपालिकाको कार्यपालिका वैठक बस्न सकेन ।
बिहीबार दिउँसो २ बजे बोलाएको वैठकमा वडाध्यक्षहरु नआएपछि आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल भन्छन्, ‘वडाध्यक्षहरु हिँड्नुभयो । कोरम नपुगेपछि मेयरले वैठक स्थगित गर्नुभयो ।’ धरानमा मेयरबाहेक २७ जना कार्यपालिका सदस्य छन् ।
बैठकमा नगएका वडाध्यक्षहरुले भने आफूहरुलाई धरान विरोधीका रुपमा प्रस्तुत गरेको गुनासो गर्छन् । कार्यपालिकाको बैठक बस्ने बेला उपमहानगर अगाडि केहीले ‘खोला दोहोन गर्न पाईँदैन, धरान मास्न पाइदैन, हर्क साम्पाङ्ग जिन्दावाद’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
‘मेयर सा’बले १५–२० जना प्लेकार्डसहित उभ्याउनुभयो । हामीलाई धरान विरोधी जस्तो गरेर प्रस्तुत गरियो । उनीहरु नगएसम्म कार्यपालिका वैठक नबस्ने भन्यौं,’ एक सदस्य भन्छन्, ‘त्यतिबेलासम्म मेयर आउनुभएन। अनि हामी निस्कियौं ।’
धरानका मेयर हर्क साम्पाङले नगर कार्यपालिकाको पहिलो बैठकमै खोला उत्खनन नगर्ने, आवश्यक परे उपमहानगर आफैंले गर्ने प्रस्ताव राखेका थिए । वडाध्यक्षहरुले भने नगरको राजश्वसँग जोडिएको भन्दै अध्ययन गरेर मात्र निर्णय गर्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया 4