+
+

सरकारसँग सांसद चौधरीको अनुनय : २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते ११:५३

२७ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले स्थानीय तह निर्वाचनमा आफूमाथि आक्रमण प्रयास भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । गत वैशाख २७ गते गठबन्धन दलका एक जना उम्मेदवारसहितको समूह आफ्नो घर गएर दुर्व्यवहार गरेको उनको भनाइ छ ।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै लोसपा नेतृ चौधरीले दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गरिन् । उनले भनिन्, ‘कानुनसम्मत दोषीलाई कारबाही हुनुपर्यो । कानुन सम्मत जेछ, त्यो न्याय मलाई चाहियो ।’

चुनावमा भोट माग्न किन आएको भन्दै आफूलाई आक्रमणको प्रयास भएको उनले बताइन् । प्रहरीले सुरक्षा नदिएको भए ज्यान जान सक्थ्यो भन्दै उनले भनिन्, ‘म माथि आज भएको छ, भोलि अरुमाथि हुनसक्छ । यस्ता दोषीहरु नबलियो होस् भन्ने माग गर्न चाहन्छु ।’

आफू २० मिटरको दुरीको अर्को घरमा रहेकाले जोगिएको उनले बताइन् । ‘हतियार निकाल, यसलाई आज खत्तमै गर्नुपर्छ, यसको छोरीलाई मार्नैपर्छ भनेर मेरो आमालाई भनिएको बताउँदै उनले यस्तो पीडा आफ्नो परिवारले २७ वर्षदेखि भोग्दै आएको बताइन् । २०५४ सालमा आफ्नो दाइलाई बेपत्ता पारिएको घटना स्मरण गर्दै उनले आफूमाथि पनि त्यस्तै गर्न खोजिएको आशंका गरिन् ।

‘२७ गतेको दिनको जुन घटना, जुन दृष्य देखें, अझै पनि मेरो दिमागबाट गइरहेको छैन । त्यतिबेला म ४० मिनेटसम्म आफ्नै घरको अगाडिको अर्को घरमा मलाई प्रहरीले, पीएसओले सुरक्षा दियो । ४० मिनेटपछि जलेश्वरबाट एसपी आएर मलाई रेस्क्यु गरेको अवस्था छ,’ चौधरीले भनिन्, ‘पुलिस प्रशासन नआएको भए मेरो ज्यान जाने थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?