+

सालहलाई पीएएफए प्लेअर अफ दि इअर अवार्ड

२०७९ जेठ  २७ गते १३:११ २०७९ जेठ २७ गते १३:११
सालहलाई पीएएफए प्लेअर अफ दि इअर अवार्ड

२७ जेठ, काठमाडौं । इंग्लिस क्लब लिभरपुलका मोहमद सालहले पिएफए प्लेअर अफ दि इअरको अवार्ड जितेका छन् ।

यस्तै महिलातर्फ चेल्सीकी साम केरले अवार्ड जितिन् ।

सन् २०२१-२२ को सिजन सालह र केरले प्रिमियर लिगमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका थिए ।

ईजिप्टका अन्तर्राष्ट्रिय फरवार्ड सालह दुई पटक पिएफए अवार्ड जित्ने छैटौं खेलाडी बने । यसअघि मार्क ह्युज, एलान सियरर, थिएरी हेनरी, गारेथ बेल र केभिन डे ब्रुएना पनि दुई पटक अवार्ड जितेका छन् ।

सालहले लिगमा टोटनहमका हेउन मिन सनको समान २४ गोल गरेका थिए । तर म्यानचेष्टर सिटीसँग १ अंकले पछि रहँदा लिभरपुलले लिग उपाधि जित्न सकेन ।

यसैगरी युवा तर्फ म्यानचेष्टर सिटीका फिल फोडेनले जितेमा छन् । फोडेनले लगातार दोस्रो पटक यो अवार्ड जितेका हुन् ।

लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय