+
+

अनुप बरालको नयाँ नाटकघर सञ्चालनमा, ‘कथा कस्तुरी’को मञ्चन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १४:०३

काठमाडौं । अभिनेता अनुप बरालले काठमाडौंमा नयाँ नाटकघर सञ्चालनमा ल्याएका छन् । गौशाला पिंगलास्थानमा खोलिएको सत्यमोहन जोशी स्टुडियो थिएटरमा बरालकै एक्टर्स स्टुडियोले नयाँ नाटक ‘कथा कस्तुरी’ पनि मञ्चन थालेको छ ।

बिहीबारदेखि उक्त नाटकघरमा दीया मास्केद्वारा निर्देशित सर्पदंशमा आधारित उक्त नाटक मञ्चन सुरु भएको छ । नाटकमा एक्टर्स स्टुडियोका कलाकारहरु प्रभाव शाही ठकुरी, आयुष्मा मगर, सन्देश बम, राजन पुरी, जीवन गौतम, प्रेमप्रकाश केसी लगायतले अभिनय गरेका छन् ।

नाटकमा तराई क्षेत्रमा बसोबास गर्ने सपेरा जातिको कथावस्तुलाई चित्रण गरिएको छ । सपेरा जीवनको मिठास र जटिलतालाई प्रस्तुत गरिएको नाटकमा राजनीतिलाई व्यंग्य पनि गरिएको छ ।

आख्यानकार नयनराज पाण्डेको कथा सर्पदंशको नाट्य रुपान्तरण गरिएको हो । उक्त नाटक असार ५ गतेसम्म मञ्चन हुने भएको छ । थिएटर नेपाल फिल्म्स क्याम्पस र एक्टर्स स्टुडियोले नाटकघर सञ्चालनमा ल्याएका हुन् ।

अनुप बराल निर्देशित फिल्म ‘धोख’ रिलिजको तयारीमा छ भने निर्देशक मास्के उक्त फिल्मको मुख्य भूमिकामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?