
काठमाडौं । सिभिल बैंकले मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित गछियामा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीेले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए ।
एक्सटेन्सन काउन्टर सञ्चालनमा आएसँगै सिभिल बैंकका ग्राहकहरुले बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
उद्घाटन कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख सञ्चालन अधिकृत युवराज गुरागाईँ, प्रदेश–१ का प्रमुख राजेश ढकाल लगायत लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4