
२७ जेठ, काठमाडौं । नेपाल तेक्वान्दो संघको बयोजनामा यही जेठ २८ र २९ गते प्रथम राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगिता हुने भएको छ ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन तेक्वान्दोमा ग्योरुगी विधाको मात्र राष्ट्रिय प्रतियोगिता आयोजना भइरहेको र पहिलो पटक पुम्से विधामा राष्ट्रिय प्रतियोगिता गर्न लागेको जनाएको छ ।
दुई दिनको प्रतियोगितामा विभिन्न विभाग, प्रदेश तथा जिल्लका महिला र पुरुष गरी कूल ७४३ खेलाडीहरुले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताका लागि ९ लाख अनुमानित बजेट लाग्ने बयोजकले जनाएको छ । प्रतियोगितामा १४ विधा (७ पुरुष र ७ महिला) मा प्रतिस्पर्धा हुनेछ ।
यस प्रतियोगिताले दक्षिण एशियाली खेल, एशियाली खेल लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि खेलाडीहरुको पहिचान गर्दै तयारी पक्षलाई दुत गतिमा संञ्चालन गर्ने तेक्वान्दो संघको योजना छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनवट गरी राष्ट्रिय टिमको निर्माण तयारी प्रशिक्षण सुरु गर्ने संघले जनाएको छ ।
यस प्रतियोगितामा विजयी हुने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको रेकर्ड राख्नका लागि संघले यस पटकदेखि खेलाडी र्याङ्किङ सिस्टम अघि ल्याएको जनाएको छ ।
प्रतिक्रिया 4