
२७ जेठ, बारा । बाराको कलैयामा ६५ वर्षीय वृद्ध मृत अवस्थामा भेटिएका छन्।
कलैया उपमहानगरपालिका-९रामपुर टोलका निवासी अन्दाजी ६५ वर्षीय अहमद मिया चुरिहार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताए ।
प्रहरी निरीक्षक यादवका अनुसार साबिक भीआईपी ईंटा उद्योगको जग्गामा रगतले लतपतिएको अवस्थामा शव भेटिएको हो।
घटनाको थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा पुगेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4