२८ जेठ, काठमाडौं । अमेरिका भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु टोली विरुद्ध शनिबार हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपालले टस जितेर अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्न लागेको हो । पर्ल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा हुने खेलमा नेपालल ओमान विरुद्ध खेलेको टिममा तीन खेलाडी परिवर्तन गरेको छ ।
यसअघि चोटका कारण नखेलेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख टिममा फर्केका छन् । यी दुईले ओपनिङ गर्नेछन् । उनीहरु सुवास खकुरेल र सुनिल धमलाको स्थानमा खेल्नेछन् ।
यस्तै विनोद भण्डारीको स्थानमा आज आदिल अन्सारी खेल्दैछन् । आज विकेटकिपङको जिम्मा आसिफले पाएका छन् । पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।
प्रतिक्रिया 4