
काठमाडौं । नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट धीरज राई र अनुजा अग्रवालको जोडी बाहिरिएको छ । शनिबारको एपिसोडबाट गायक धीरज र कोरियोग्राफर अनुजा प्रतियोगिताबाट बाहिरिएका हुन् ।
‘म यहाँसम्म आइपुग्नु नै मेरो जित हो यसका लागि मेरो कोरियोग्राफर र दर्शकलाई धन्यवाद दिन चाहन्छु,’ बाहिरिएको घोषणापछि भावुक देखिएका धीरजले भने ।
अन्य चार प्रतिस्पर्धी जोडी सेमिफाइनलमा प्रवेश गरेका छन् । परमिता राणा, प्रीति आले, अमर-अमृत र छिरिङ शेर्पाको जोडी सेमिफाइनलमा प्रवेश गरेका हुन् । शुक्रबारदेखि हुने सेमिफाइनलबाट दुई जोडीले फाइनल यात्रा तय गर्नेछन् ।
असार १४ गते शोको ग्रान्ड फिनाले हुँदैछ । शोको निर्णायकमा गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई छन् । कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4