
काठमाडौं । फिल्म र गीत सुटिङस्थलमा जानु अघि प्राय व्युटी पार्लरमा समय बिताउने अभिनेतृ बेनिशा हमाल शनिबार भने बौद्धको ‘ब्रिज हेयर एण्ड व्युटी सलुन’को उदघाटन कार्यक्रममा देखिइन् । सन्दर्भ थियो अनिल थापाले सन्चालन गरेको हेयर एण्ड व्युटी सलुनको शुभारम्भ ।
अभिनेतृ बेनिशा हमाल, अभिनेता निराजन प्रधान, तेज गिरी र पत्रकार ऋषि धमलाले रिबन काटेर सलुनको संयुक्तरुपमा उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै बेनिशाले जसलाई पनि राम्रो देखिन मन लाग्ने भन्दै हेयर एण्ड व्युटी सलुनको प्रगतिको कामना गरिन् । श्रृंगारका उत्कृष्ट प्रशाधन र ग्राहकमैत्री सेवाको साथ व्यवसाय चलाउन उनले सुझाव दिइन् ।
यस्तै अर्का अभिनेता निराजन प्रधानले कलाकारहरुले शीरदेखि पाउसम्म राम्रो देखियोस् भनेर ध्यान दिने गरेको बताउँदै त्यसमा व्युटी र ह्याण्डसम पार्लरहरुको पनि देन रहेको बताए ।
कार्यक्रममा पत्रकार ऋषि धमलाले हरेक व्यक्तिलाई सुन्दर देखिने चाहना भएकाले यसको भविष्य उज्जवल रहेको बताए । आफूलाई पनि भ्याएसम्म चिटिक्क भएरै हिंड्न मन लाग्ने बताउँदै उनले त्यसका लागि ह्याण्डसम पार्लर नै जाने गरेको बताए ।
सञ्चालक थापाले यही क्षेत्रमा अमेरिका, युके र भारतमा समेत काम गरेकाले त्यहाँको अनुभवलाई स्वदेशमा उपयोग गर्न चाहेको बताए । ‘अब स्वदेशमै केही गर्न चाहन्छु भनेर ब्रिज हेयर एण्ड व्युटी सलोनको सुरुवात गरेको हुँ,’ उनले भने, ‘सबैको साथ र सहयोग पाउनेमा विश्वस्त छु ।’ उदघाटन कार्यक्रम पछि पनि बेनिशाले आफ्नो सुलनमा बसेर हौसला बढाइदिएकोमा आभार व्यक्त गरे ।
प्रतिक्रिया 4